जोडिनुहोस
  • होमपेज
  • सुनकोशी डाइभर्सनको निरीक्षणपछि बाबुराम भन्छन्- कृषिक्रान्ति नै देशको समृद्धिको पहिलो आधार

सुनकोशी डाइभर्सनको निरीक्षणपछि बाबुराम भन्छन्- कृषिक्रान्ति नै देशको समृद्धिको पहिलो आधार

काठमाडौं– नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृद्धिको पहिलो आधार भएको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार ‘ब्रेक थ्रु’ भएको सुनकोशी मरिण डाइभर्सन सुरुङको स्थलगत निरीक्षणपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै जमिन र पानी सबभन्दा ठूलो प्राकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृद्धिको पहिलो आधार भएको बताएका हुन् ।

उनले भनेका छन्-

सुनकोशी-मरिण डाइभर्जन प्रेजेक्टको सुरूंग निर्माणको सफलता सबैकानिम्ति खुसीको कुरा हो । यस सन्दर्भमा हामीले ध्यान दिनुपर्ने सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने जमिन र पानी सबभन्दा ठूलो प्राकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषि क्रान्ति नै हाम्रो दिगो आर्थिक समृद्धिको पहिलो आधार हो ।

तराई(मधेसमा खेतीयोग्य जमिन धेरै भएको र पूर्व(पश्चिम महाभारत शृङ्खला भएर बग्ने कोशी,गण्डकी र कर्णाली नदीका शाखाहरू नै सिँचाइयोग्य पानीको सबभन्दा ठूलो श्रोत भएकाले ती नदीको पानीलाई तराई(मधेसमा डाइभर्सन गर्ने परियोजनालाई नै हामीले उच्च प्राथमिकता दिनुपर्छ ।

मेरो पालामा राष्ट्रिय गौरवका योजना घोषणा गर्दा त्यसैलाई प्राथमिकता दिइएको तर अहिलेसम्म तिनको प्रगति मन्द हुनु दुःखद छ।चुरेको फेदीबाट पूर्व(पश्चिम नहर निर्माण गरेर तराई – मधेसमा कृषि क्रान्ति गर्न सके देशमा खाद्य सुरक्षाको दिगो प्रत्याभूति हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका