जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईँका कार्यकर्ताद्धारा झापाको दुई बैंकमा तोडफोड

दुर्गा प्रसाईँका कार्यकर्ताद्धारा झापाको दुई बैंकमा तोडफोड

काठमाडौं । दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आयोजित र्‍यालीमा समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन् । र्‍यालीका क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको छ । बिहीबार उक्त अभियानको युवा संगठन ‘नागरिक युवा दस्ता’ ले र्‍याली निकालेको थियो ।

बिर्तामोड–५ को सिटी सेन्टरअगाडिबाट सुरू र्‍याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२र१५ जनाले ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बिर्तामोड नगरपालिका ३ का मनकुमार तामाङ, वडा नम्बर ५ का ‘बुलेट’ भन्ने अन्जेश राई, बुद्वशान्ती गाउँपालिका ४ का दीपेश राई र बिर्तामोड ४ का पवन दुलाल प्रहरीको नियन्त्रणमा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका