जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी

कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी

काडमाडौं– कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी छ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध दायर गरेको रिट अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले बताए ।

एमालेबाट हिक्मत कार्की बिहीबार केन्द्र सरकारको निर्णय अनुसार मुख्यमन्त्री बनेका थिए ।केदार कार्कीले आफू मुख्यमन्त्री हुँदाहुँदै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेको भन्दै त्यसलाई खारेज गरी आफ्नो पदलाई निरन्तरता दिन माग गरेका छन् ।

रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावक रेवतिरमण भण्डारी समर्थक किशोरचन्द्र दुलाल र गणेश उप्रेतीलाई रिटमा विपक्षी बनाइएको छ ।

यता नवनिर्वाचित मुख्यमन्त्री हिक्मत कार्की एक साताभित्र सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने र बजेट तथा नीति र कार्यक्रमको तयारी गर्ने लागि परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका