जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्रीको बचाउ गर्दै ओलीले भने, ‘उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध पर्छ’

गृहमन्त्रीको बचाउ गर्दै ओलीले भने, ‘उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध पर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाएपछि राजीनामाको खेल सुरु हुने भन्दै संसदीय समिति आवश्यक नभएको बताए । एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले कांग्रेसले भने जस्तो संसदीय समिति बनाए पुनः कांग्रेसले राजीनामा माग्ने तर्क गरे ।

उनले भने, ‘हामीले रविजीको राजीनामा मागेका छैनौँ भन्नु भएको छ । अहिले समिति बनिसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? छानबिन समिति बनाए लगतै राजीनामाको खेल सुरु गर्नु हुन्छ ।’

उनले उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुरी पर्ने बताए । उनले अगाडि भने, ‘सहकारीको अवस्थामा के छानबिन गर्ने ? बेथिति भएको छ छैन भन्दा छ, लगानीकर्ता डुबाइएको छ कि छैन भन्दा छ ?’ उनले भने, ‘अब रिसर्च के गर्ने ? सरकारले कदम चाल्न पर्‍यो कसरी समस्या समाधान गर्ने ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका