जोडिनुहोस
  • होमपेज
  • प्रदेशसभा अधिवेशन आह्वान, वैशाख ३१ गते विश्वासको मत लिने कार्कीको तयारी

प्रदेशसभा अधिवेशन आह्वान, वैशाख ३१ गते विश्वासको मत लिने कार्कीको तयारी

काठमाडौं– प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोही दिन प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थिए । सोही अनुसार प्रदेश प्रमुखले २०८१ वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

यता कोशी प्रदेश सरकार गठन विरुद्धको रिट सर्वोच्च अदालतमा हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका