जोडिनुहोस
  • होमपेज
  • स्विट्जरल्यान्डको जितमा रेनाटोको ह्याट्रिक

स्विट्जरल्यान्डको जितमा रेनाटोको ह्याट्रिक

काठमाडौं । युरोकप छनोटमा स्विट्जरल्यान्डले फराकिलो जित निकालेको छ ।शनिबार राति भएको खेलमा स्विट्जरल्यान्डले बेलारुसलाई ५-० गोल अन्तरले हराएको हो ।

स्विट्जरल्यान्डको जितमा रेनेटो स्टेफेनले ह्याट्रिक गोल गरे । यस्तै ग्रानिट जाका र जेकी अम्डोउनीले एक एक गोल गरे ।

स्टेफेनले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । उनले खेलको चौंथो, १७ औं र २९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

त्यसपछि ६२ औं मिनेटमा जाका र ६५ औं मिनेटमा जेकीले गोल गर्दै स्विट्जरल्यान्डको फराकिलो जित पक्का गरे ।

जितसँगै स्विट्जरल्यान्डले पहिलो खेलमै ३ अंक जोडेको छ । स्विट्जरल्यान्ड समूह आई को शीर्ष स्थानमा रहेको छ ।

बेलारुसले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका