जोडिनुहोस
  • होमपेज
  • फिलिपिन्समा ज्वालामुखी विस्फोट, हजारौंलाई अन्यत्र सारियो

फिलिपिन्समा ज्वालामुखी विस्फोट, हजारौंलाई अन्यत्र सारियो

मनिला । फिलिपिन्सको उत्तरपूर्वी अल्बे प्रान्तमा रहेको मेयोन ज्वालामुखी क्रेटरमा ज्वालामुखी विस्फोट भएको छ । विस्फोटपछि आपतकालीन घोषणा गर्दै हजारौंलाई अन्यत्र सारिएको छ। मेयोन ज्वालामुखी क्रेटरबाट ६ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो।

अधिकारीहरुका अनुसार आउने ज्वालामुखी विस्फोटपछि हुने धुलोको मुस्लोले मानिसहरुलाई खतरा निम्त्याउन सक्ने भएकाले खतरा क्षेत्रबाट थप हजारौं मानिसलाई स्थायी रुपमा बाहिर निकाल्नुपर्ने हुन सक्ने प्रहरी अधिकारीहरुले जनाएका छन्।
टाइफून गुचोल क्षेत्रबाट धुलोको आँधी प्रशान्त महासागरबाट फिलिपिन्सतर्फ बढिरहेको उल्लेख गर्दै मेयोनको ढलान नजिक बस्नेहरूका लागि नराम्रो खबर हुन सक्ने भन्दै पूर्वसूचित गरिएको छ।

गत शुक्रबार नै आपतकालिन अवस्था घोषणा गरेर उनीहरुलाई बाहिर निकालिएको हो। जसकाकारण, विनाशकारी विस्फोटको घटनामा आपतकालीन कोषको द्रुत वितरणलाई सहज बनाउन सकियोस् भनेर सो कदम चालिएको हो ।

सुरक्षा अधिकारीहरूले बिहीबार ज्वालामुखीको चेतावनी स्तर बढाएका छन्, किनभने यसको सतह मुनि ग्यास, ढुंगा र मलबेको अत्यधिक तातो धारहरू रहेका छन्, जसका गतिविधि आगामी दिन वा हप्ताहरूमा खतरनाक विस्फोटन हुन सक्ने भन्दै पूर्वसूचना जारी गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका