जोडिनुहोस
  • होमपेज
  • अमेजनको जंगलमा ४० दिनपछि भेटिएका बालबालिकालाई आफन्तको जिम्मा लगाइयो

अमेजनको जंगलमा ४० दिनपछि भेटिएका बालबालिकालाई आफन्तको जिम्मा लगाइयो

बोगोटा । कोलम्बियाको अमेजन जङ्गलमा ४० दिनपछि भेटिएका चार बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ।

अमेजनको वर्षा जंगलमा ४० दिन पछि जिउँदै फेला परेका बालबालिकामा १३, नौ, पाँच र एक वर्षका भाइबहिनीहरू रहेका थिए ।

‘उनीहरु धेरै नै कमजोर भएका छन् तर आफ्नो परिवार देख्न पाउँदा उनीहरु खुसी देखिएका छन्,’ उनीहरूका हजुरबुवा फिडेनसियो भ्यालेन्सियाले भने।

सेना र स्थानीयको एक महिनाभन्दा बढी खोजीपछि शुक्रबार चारजना बालबालिकालाई जिबितै फेला पारेका हुन् । गत मे १ मा विमान दुर्घटना हुँदा उनीहरु बेपत्ता भएका थिए । दुर्घटनामा उनीहरुकी आमा र दुई पाइलटको मृत्यु भएको छ ।

उद्धारकर्ताहरूले जंगलमा पाइलाको छाप र टोकेको फलहरूसहित चिन्हहरू देखे पछि उनीहरूको खोजीलाई तीब्र पारिएको थियो । जसअनुसार शुक्रबार उनीहरुलाई ४० दिन पछि सकुशल फेला पारिएकाे थियाे ।

त्यस क्रममा अर्थात एक वर्षको बालक र अर्को पाँच वर्षको बालकले आफ्नो जन्मदिन जंगलमा मनाएका थिए । सुरक्षा अधिकारीहरुका अनुसार सबैभन्दा जेठी १३ वर्षीया लेस्लीले उनीहरूलाई जंगलमा कसरी जिउँदै रहने भन्ने मार्गदर्शन गरेकी थिइन् । सो क्रममा उनीहरुले जंगली फलफूल खाएर बाँचेका थिए । उनीहरुले घना जंगलका बिचमा कसरी आफनो जीवनलाई काबुमा राख्ने भन्ने कुरा जानेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

‘तिनीहरू थोरै बोलिरहेका छन् र तिनीहरूमध्ये दुईले खेल्नसमेत थालेका छन्,’ कोलम्बिया अस्पतालका एक स्वास्थ्य अधिकारीहरूले बीबीसीलाई भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका