जोडिनुहोस
  • होमपेज
  • १६ हजार भेडा र पशु बोकेर अलपत्र परेको जहाजलाई अस्ट्रेलियाको तटीय क्षेत्रबाट बन्दगाहमा फर्काइयो

१६ हजार भेडा र पशु बोकेर अलपत्र परेको जहाजलाई अस्ट्रेलियाको तटीय क्षेत्रबाट बन्दगाहमा फर्काइयो

अस्ट्रेलियाको तटीय क्षेत्रमा अत्यधिक गर्मीमा अलपत्र परेको १६ हजार भेडा र पशु बोकेको जहाज पर्थको बन्दरगाहमा फर्किएको छ । यमनमा रहेको हुथी विद्रोहीले जहाजमा आक्रमण गर्न शुरु गरेपछि गएको महिना एमभी बाहिजाहाले लाल सागर हुँदै गर्ने यात्रा रोकेको थियो । हुथी विद्रोहीको आक्रमणका कारण जनावरहरू हप्तौँसम्म जहाजमा फसेका थिए । जनावरहरूलाई जहाजबाट ओराल्न सकिन्छ या सकिँदैन भनेर अस्ट्रेलियाले निर्णय नगर्दासम्म जनावरहरू ४० डिग्रीको तापक्रममा समुद्रमै रोकिएका थिए । जनावरहरूलाई जहाजबाट ओराल्न अनुमति दिइन्छ या दिइँदैन भन्ने स्पष्ट नभएको बीबीसीले जनाएको छ ।

आज पशु चिकित्सकहरूले जनावरहरूको जाँच गरेका र उनीहरूमा स्वास्थ्य समस्या नदेखिएको अस्ट्रेलियाको कृषि विभागले बताएको खबरमा उल्लेख छ । प्यालेस्टिनको गाजा क्षेत्रमा इजरायली कारबाहीको जवाफमा हुथी विद्रोहीले जहाजमा आक्रमण गर्न शुरु गरेका थिए । यो जहाज जनवरी ५ मा अस्ट्रेलियाबाट इजरायलका लागि छुटेको थियो । हुथी विद्रोहीले जहाजमा आक्रमण शुरु गरेपछि सरकारले यो जहाजलाई जनवरी २० मा अस्ट्रेलिया फर्काउन भनेको थियो । अस्ट्रेलियाले हरेक वर्ष मध्य पूर्वमा हजारौँको सङ्ख्यामा भेडा र पशु निर्यात गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका