जोडिनुहोस
  • होमपेज
  • सुडानमा २४ घण्टे युद्धविराम सकिएपछि पुनः झडप सुरू

सुडानमा २४ घण्टे युद्धविराम सकिएपछि पुनः झडप सुरू

एजेन्सी – सुडानको राजधानी खार्तुममा २४ घण्टे युद्धविरामको अन्त्यपछि आइतबार देखि गोलाबारी र गोली हानाहान पुनः सुरु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

गत अप्रिलको मध्यदेखि उत्तरपूर्वी अफ्रिकी देशमा सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक सपोर्ट फोर्सेज ९आरएसएफ० को नेतृत्व सम्हालिरहेका उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोको समूहबीच आपसी भिडन्त भएको थियो ।

युद्धविराम सम्झौताको पछिल्लो शृङ्खलाले राजधानी खार्तुममा फसेका सर्वसाधारणलाई बाहिर जान र खाद्यान्न तथा अन्य आवश्यक सामग्री भण्डारण गर्न मौका दिएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेसम्मका लागि घोषणा गरिएको युद्धविरामको अवधि सकिएको १० मिनेटपछि नै राजधानीमा पुनः गोलाबारी र झडप भएको प्रत्यक्षदर्शीले एएफपीलाई बताएका छन् ।

खार्तुम र यसको उत्तरमा रहेको ओमदुरमान शहरमा भीषण गोलाबारीको आवाज सुनिएको र राजधानीको दक्षिणमा रहेको प्रमुख मार्ग अल–हवा स्ट्रिटमा पनि भिडन्त सुरु भएको अधिकारीहरूले बताएका छन् ।

दक्षिण खार्तुमका बासिन्दा नासरुद्दीन अहमदले भने, “एक दिनको मौनता ‘सपना जस्तै’ थियो जुन २४ घण्टा बित्दा नबित्दै अन्त्य भएको छ ।राजधानीको उत्तरी उपनगरमा बस्ने अस्मा अल–रिहले ‘रकेट र गोलाहरूले घरका भित्ताहरू हल्लिने आतङ्कको पुनरागमन’ मा दुःख व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका