जोडिनुहोस
  • होमपेज
  • जापानी विदेशमन्त्री कामिकावाद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

जापानी विदेशमन्त्री कामिकावाद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । जापानका विदेशमन्त्री कामिकावा योकोले गत शुक्रबार पश्चिम नेपालका गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएकि छन् ।

विदेशमन्त्री कामिकावाले भूकम्पबाट धेरैको ज्यान गएको र ठूलो भौतिक क्षति भएको सुन्दा आफूलाई अत्यन्त दुःख लागेको उल्लेख गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।

शोक सन्देशमा उनले जापान सरकार सदैव नेपाल सरकार र जनताका साथ रहेको र नेपालको स्थानीय आवश्यकताका आधारमा उचित सहयोग गर्न तत्पर रहेको बताएकी छन् । विदेशमन्त्री कामिकावाले भूकम्प प्रभावित क्षेत्रको यथाशीघ्र पुनःनिर्माणको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका