जोडिनुहोस
  • होमपेज
  • सिंहदरबारमा हाजिर गरेर टाप कस्ने कर्मचारी फन्दामा पर्ने, राष्ट्रिय सतर्कता केन्द्रले थाल्यो अनुगमन

सिंहदरबारमा हाजिर गरेर टाप कस्ने कर्मचारी फन्दामा पर्ने, राष्ट्रिय सतर्कता केन्द्रले थाल्यो अनुगमन

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत निजामती कर्मचारीहरु कार्यालय समयमा हाजिर गरेर टाप कस्न थालेपछि राष्ट्रिय सतर्कता केन्द्रले छड्के जाँच सुरु गरेको छ । केन्द्रले बिहीबार बिहानदेखि कार्यालय समयमा सिंहदरबारका सबै गेटमा अनुगमन थालेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरुको विवरण टिप्न थालिएको छ । केन्द्रले सिंहदरबारभित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि चारैतर्फका गेटमा बसेर कार्यालय समयमा बाहिर जाने कर्मचारीहरुको नाम र परिचयपत्रको विवरण राख्न थालेको हो ।

सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि प्रायः सबै मन्त्रालय, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, विपद् व्यवस्थापन प्राधिकरण, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना प्रविधि केन्द्रलगायत दर्जनौ विभाग र कार्यालय छन् ।

तर, त्यहाँ कार्यरत कर्मचारी भने बिहान १० बजे हाजिर गरेर बाहिर निस्कने र फेरि ५ बजे हाजिर गर्न सिंहदरबार पस्ने गरेको गुनासो आउने गरेको छ । सोही कारण केन्द्रले अनुगमन थालेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?