जोडिनुहोस
  • होमपेज
  • आदिपुरुषबारे बालेनले बोलेर सही गर्नुभयो : असिम शाह

आदिपुरुषबारे बालेनले बोलेर सही गर्नुभयो : असिम शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ बारे सदनमा कुरा उठाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद शाहले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादबारे काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहको अभिव्यक्तिपछि अन्यौलता छाएको बताए ।

‘जुन संवादले विवाद सिर्जना भयो त्यसमा भारतीय निर्माण पक्षले हिजो विवादित संवाद काटेर पठायो र अहिले पास पनि भयो प्रदर्शनको लागि नेपालमा तर काठमाडौँका मेयर बालेन शाहले भारतमा पनि उक्त संवाद नहटाएसम्म कुनै पनि हिन्दी फिल्म चलन नदिने भने पछि अन्योल छाएको छ।’ भारतले हाम्रो स्वभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरिरहेकोबारे बोल्नुपर्ने सांसद शाहको भनाइ छ ।

‘चलचित्र आदिपुरुषको कुरा मात्र होइन, यथार्थमा पनि कहिले बुद्ध उताको भनेको छ, कहिले सीता उताको भनेको छ । कहिले कालापानी, लिम्पियाधुरा हाम्रो हो भनेको छ, कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ,’ उनले भने, ‘हाम्रो इतिहासमाथि छिमेकबाट यस्तो भइरहदा हामीले भन्न सक्नुपर्छ कि यसले हाम्रो चित्त दुख्छ भनेर, हाम्रो स्वभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर ।’

सरकारले सास दबाएर बसेपछि बालेनले बोलेर सही गरेको उनको भनाइ छ । यस विषयलाई परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले गम्भीर रुपमा लिनुपर्ने सांसद साहले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका