जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै आज हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको र चाँदीको मूल्य भने घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ छ । हिजो आइतबार यसको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका