जोडिनुहोस
  • होमपेज
  • ७७ लाखले गरे आन्तरिक हवाई यात्रा

७७ लाखले गरे आन्तरिक हवाई यात्रा

काठमाडौँ । सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा ३७.४८ प्रतिशतले बढी हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडान सुरक्षामा सुधार र हवाई पूर्वाधारमा भएको प्रगति, जहाज सङ्ख्यामा भएको बढोत्तरीसँगै गन्तव्य विस्तारले विगतका वर्षभन्दा यस वर्ष हवाई यात्रुको सङ्ख्या बढ्दै गएको बताए ।

“सन् २०२२ को ११ महिनामा आन्तरिकतर्फ ५६ लाख ६८ हजार ९४१ र अन्तर्राष्ट्रियतर्फ ७७ लाख ९४ हजार २१७ जनाले हवाई सेवा लिएका छन् । सन् २०२२ को तुलनामा सन् २०२३ को ११ महिनामा आन्तरिकतर्फ ३७ प्रतिशते हवाई यात्रु बढेका छन्,” उनले भने ।

सूचना अधिकारी भुलले सोही अवधिमा अन्तर्राष्ट्रियतर्फ ४१.०४ प्रतिशतले हवाई यात्रु बढेको जानकारी दिनुभयो । सन् २०१९ देखि सन् २०२२ को अवधिमा कोरोनाको असरले सबैभन्दा बढी नोक्सानी परे पनि उनले सन् २०२३ को मार्चदेखि (गृष्मकालीन उडान तालिका)  हवाई क्षेत्र पुरानै लयमा फर्किएको जानकारी दिए ।

उनका अनुसार कोरोनापछि नेपालबाट वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि बिदेसिनेको सङ्ख्या र चीनका पाँच वटा गन्तव्यमा उडान विस्तारसँगै पर्यटकको ओहोरदोहोरले पनि हवाई यात्रुको सङ्ख्यामा प्रगति हुँदै गएको छ । उनले यसअघि दैनिक एक सयको हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुँदै आएकोमा हाल दैनिक ११० अन्तर्राष्ट्रिय उडान अवतरण भइरहेको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका