जोडिनुहोस
  • होमपेज
  • पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ ।

उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो ।

उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज शुक्रबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

दिव्यवेश्वरकी  पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् । दिव्येश्वरीको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका