जोडिनुहोस
  • होमपेज
  • नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार

नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन २८ अंकमाथिले बढ्दै २ हजार ७७.७६ अंकको विन्दुमा उक्लिएकोमा आज ०.८० अंकले घट्दै २ हजार ७६.९६ अंकको विन्दुमा ओर्लिएको हो ।

तथापि, आज सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढ्दै ३८८.६२ अंकको विन्दुमा उक्लिएको छ । आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा समूहको उपसूचक ऋणात्मक भएको छ भने फाइनान्स, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।

झिनो अंकले नेप्से घटेको बजारमा आज ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ८२ हजार कित्ता सेयर कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका