जोडिनुहोस
  • होमपेज
  • दायित्वद्वारा प्रकाशित कमल ज्ञवालीको संस्मरण सङ्ग्रह लोकार्पित

दायित्वद्वारा प्रकाशित कमल ज्ञवालीको संस्मरण सङ्ग्रह लोकार्पित

काठमाडौँ । दायित्ववाङ्मय प्रतिष्ठानद्वारा आयोजित एक समारोहमा प्रमुख अतिथि नेपाल साहित्यिक पत्रकार सङ्घकापूर्व अध्यक्ष एवम् साहित्यकार रोचक घिमिरेले कमल ज्ञवालीको संस्मरण सङ्ग्रह “सत्प्रयास”को लोकार्पण गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथि घिमिरेले कृतिको प्रशंसा गर्दै साहित्यकार कमल ज्ञवालीले विभिन्न समय, सन्दर्भ र स्थानका घटना विशेषलाई संस्मरणका रूपमा कृतिमा समावेश गरेको औँल्याउनुभयो । प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पन्तले लामो समयदेखि प्रतिष्ठानसँग सम्बद्ध ज्ञवालीको कृति प्रकाशन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रमका मुख्य वक्ता समालोचक कृष्ण प्रधानले कृतिबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा प्रधानले कमल ज्ञवालीको सिर्जनात्मकताबारे चर्चा गर्दै कृतिको प्रशंसा गर्नुभयो । कृतिकार कमल ज्ञवालीले आफ्ना विभिन्न समयका अनुभव र स्मरण सुनाउँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि प्राज्ञ प्रा. दिनेशराज पन्त, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकाल, प्रा. डा. लेखप्रसाद निरौला, ठाकुर शर्मा भण्डारी, सूब सेन, यादव भट्टराईलगायतले कृतिकार कमल ज्ञवाली र लोकार्पित कृति“सत्प्रयास”का बारेमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दायित्व वाङ्मय प्रतिष्ठानका हाल सचिव रहनुभएका ज्ञवाली संस्थापक मध्येका एक हुनुहुन्छ । उहाँका यसअघि“आधुनिक नेपाली राष्ट्रियमुद्रा (२०५६) र “नोट्स एन्डक्वाइन्स अफ नेपाल (२०६३,सहलेखन) कृति प्रकाशित छन् । उहाँ नेपाल राष्ट्र बैंकमा तीस वर्ष सेवा गरी हाल अवकाश प्राप्त जीवन बिताइरहनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका