जोडिनुहोस
  • होमपेज
  • उरुग्वेलाई यू-२० विश्वकपको उपाधि

उरुग्वेलाई यू-२० विश्वकपको उपाधि

काठमाडौं । उरुग्वेले फिफा यू-२० पुरुष विश्वकप फुटबलको उपाधि जितेको छ ।

अर्जेन्टिनामा सोमबार बिहान भएको फाइनलमा इटालीलाई १-० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो ।

उरुग्वेलाई उपाधि दिलाउन लुसियानो रोड्रिगेजले निर्णायक गोल गरे । रोड्रिगेजले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए ।

उरुग्वेले पहिलो पटक यू-२० विश्वकपको उपाधि जितेको हो । उरुग्वे यस अघि दुई पटक उपविजेता बनेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका