जोडिनुहोस
  • होमपेज
  • मौसमः तीन प्रदेशमा भारी वर्षा, कोशी र मधेस प्रदेशमा हावाहुरी पनि चल्ने

मौसमः तीन प्रदेशमा भारी वर्षा, कोशी र मधेस प्रदेशमा हावाहुरी पनि चल्ने

काठमाडौँ । नेपालमा अहिले मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अझै केहि दिन वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

आज (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति भने देशभर सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका