जोडिनुहोस
  • होमपेज
  • सीआईबीको रायः ललितानिवास प्रकरणमा २१ जनाको मृत्यु , १५ अर्ब ६३ करोड बिगो असुल्नुपर्ने

सीआईबीको रायः ललितानिवास प्रकरणमा २१ जनाको मृत्यु , १५ अर्ब ६३ करोड बिगो असुल्नुपर्ने

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा प्रकरणमा संलग्न रहेका २१ जनाको मृत्यु भइसकेको तथ्याङमा फेला परेको छ । ललिता निवास सरकारी जग्गा किर्ते तथा संगठित अपराध अनुसन्धानका क्रममा छानबिनको दायरामा परेका विभिन्न व्यक्तिहरु २१ जनाको मृत्यु भइसकेको सीआईबीले अध्ययन गरेको तथ्याङबाट फेला परेको छ ।

प्रकरणमा संलगन तत्कालीन भूमि सुधार तथा व्यवस्थामन्त्री प्रभुनारायण चौधरीको २९ भदौ २०६७ मा मृत्यु भएको विवरण प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदनमा संलग्न गराएको छ । भूमिसुधार तथा व्यवस्थापन विभागका पूर्वमहानिर्देशक मुकुन्दप्रसाद आचार्यको पनि मृत्यु भइसकेको छ । उनको २३ चैत २०७२ मा मृत्यु भएको भन्दै प्रहरीले मृत्यु दर्ता प्रमाण पत्र समावेश गरेको छ । समरजंग कम्पनीका पूर्वप्रमुख अर्जुनप्रसाद भण्डारीको पनि १५ साउन २०७७ मा मृत्यु भएको तथ्याङले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका