जोडिनुहोस
  • होमपेज
  • नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बन्ने खतरा छ, उच्चस्तरीय छानबिन समिति अनिवार्य भयोः शेखर कोइराला

नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बन्ने खतरा छ, उच्चस्तरीय छानबिन समिति अनिवार्य भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेस सांसद डा। शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करको अखडा बनिसकेको बताउदैँ अपराधि तस्करको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्न आवश्यक रहेको बताए ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले १४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने गरेको तथ्यांक प्रस्तुत गर्दै ‘४०० देखि ५०० टन सुन नेपालबाट जाँदैछ भन्ने बुझ्न जरुरी रहेको बताए । राजश्व अनुसन्धान विभागमा प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति गएपछि सुन समातिएको भन्दै उनले घटनाक्रम हेर्न जरुरी रहेको पनि उनले बताए ।

कांग्रेस नेता कोइरालाले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउँदै प्रमूख प्रतिपक्षको धारणासंग मिलल्दो कुरा गरेका छन् । नेकपा एमालेले लामो समयदेखी अवैधानिक रुपमा नेपाल भित्रिएको सय किलो सु्न तस्करीको निष्पक्ष छानबिनका लागि उच्चस्तरिय छानबिन समितिको माग गर्दै संसदका दुबै सदनमा अवरोध जनाइरहेको बेला एमालेको माग सम्बोधन गर्ने खालको कुरा गर्दै उच्चस्तरिय छानबिन समिति अपराध छानबिनका लागि नेपालमा आवश्यक रहेको बताएका छन् ।

सत्ता पक्षले कहिले पनि प्रतिपक्षको सकरात्मक कुरालाई पनि स्वीकार गर्न नसकेको बताउँदै उक्त समिति बनाउनु अनिवार्य आवश्यकता रहेको समेत दाबी गरे । उनले भने,‘ सोही विषय अपराध अनुसन्धानमा निष्पक्ष छानबिनका लागि आवश्यक परिसकेको छ ।’ कोइरालाले कांग्रेसका सांसद सुनिल शर्मा पक्राउको विषयमा पनि सरकारले प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै असन्तुष्टि जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका