जोडिनुहोस
  • होमपेज
  • सीआईबीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

सीआईबीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन विमानस्थलबाट बरामद भएको ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।

अनुसन्धान सकेर सीआईबीले रायसहितको अनुसन्धानको प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। सुन प्रकरणमा ५० जना प्रतिवादी बनाइएको छ।

सुन प्रकरणमा हालसम्म ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीले जनाएको छ। सीआईबीका अनुसार पक्राउ परेकामध्ये २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्। फरार हुनेमा १४ विदेशी र ४ नेपाली छन्।

आरोपीविरुद्ध सङ्गठित अपराध,सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय सीआईबीले दिएको छ। रेडिट्रेडमार्फत् भित्रिएका सबै ब्रेकप्याडको तौल यकिन गर्दा थप ३०२ किलो ६२० ग्राम गरी कूल ३६२ किलो सुन पुगेको सीआईबीले जनाएको छ।

कूल ३६२ किलो सुन बरामद भएको पुष्टि भएकाले आरोपितविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबरको बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिएको सीआईबी प्रमुख किरण बज्रचार्यले जनाएकी दिइन्।

आरोपीविरुद्ध सङ्गठित अपराध,सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिएको सीआईबीले जनाएको छ। सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ। यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्ने हुन्छ। त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी बुधबार प्रतिवेदन बुझाएको हो।

पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल,भारत , चिनियाँ र ताइवानी नागरिक पनि रहेका छन्। उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन्।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा लुकाएर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०लाई दिएको थियो। ब्रेक शुसहितको एक सय ५५ किलो भनिएको सुन गाल्दा ६० किलो सात सय १६ ग्राम पुगेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका