जोडिनुहोस
  • होमपेज
  • कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । गत शुक्रबारदेखि जारी संसदीय दलको बैठक आज पनि बैठक बस्न लागेको हो । आजको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेका लागि बोलाइएको छ ।

जनजीविकाका विषय, सांसद सुनील शर्मा प्रकाउ र सुन तस्करी प्रकरणबारे छलफल केन्द्रित छ । सुन तस्करी प्ररकणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने बिषयमा छलफल भइरहेको छ ।

आइतबारसम्म ५४ सांसदहरुले आआफनो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरुले धारणा राख्ने छन् । कांग्रेसमा प्रतिनिधि र राष्ट्रियसभा गरी ९७ जना छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका