जोडिनुहोस
  • होमपेज
  • ६ वर्षका लागि ५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउँदै सरकार

६ वर्षका लागि ५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । सरकारले ६ वर्ष लामो अवधिका लागि विकास ऋणपत्र मार्फत ५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले भदौ १ गते विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको हो ।

सार्वजनिक सूचना गरेको कन्द्रीय बैंकले विकास ऋणपत्रको साउन ३२ गते बिहीबार बोलकबोल हुने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले तोकिएको मापदण्ड पुरा गरेर ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको ब्याज अर्धवार्षिक अर्थात् ६-६ महिनामा प्रदान गरिने बैंकले जनाएको छ ।

कूल ५ अर्ब ८४ करोड ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् ४ अर्ब ९६ करोड ४० लाख रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत अर्थात् ८७ करोड ६० लाख रुपैयाँ विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका