जोडिनुहोस
  • होमपेज
  • नेपालद्वारा मलेसियालाई ८५ रनको लक्ष्य

नेपालद्वारा मलेसियालाई ८५ रनको लक्ष्य

काठमाडौं । मलेसियामा आजबाट सुरु महिला टीट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोलीलाई ८५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनायो ।

नेपालका लागि ओपनर सिताराना मगरले ५४ बलमा १ चौकाको सहयोगमा अविजित ३८ रन बनाईन् ।

अप्सरी बेगमले १७ तथा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाकी एना हमिजाले २ विकेट लिईन् ।

यस प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

नेपाल घरेलु टोली मलेसियालाई हराउँदै विश्वकप छनोटमा विजयी सुरुआतत गर्न चाहन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका