जोडिनुहोस
  • होमपेज
  • स्थानियको पटक–पटकको खबरदारीपछि तातोपानी नाकामा आउजाउ सुरु

स्थानियको पटक–पटकको खबरदारीपछि तातोपानी नाकामा आउजाउ सुरु

काठमाडौं । वि.सं. २०७२ को महाविनासकारी भुकम्पसँगै बन्द रहेको नेपाल चीनको उत्तरी तातोपानी नाका आठ बर्षपछि आजबाट आवतजावत सुरु भएको छ । शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएर सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा, नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामासहित स्थानिय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरे ।

सांसद सापकोटा सहितको टोलिलाई चिनियाँले भव्य स्वागत गरेका थिए । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीहरु सहित नाका पुगेका उनले अब नाका पूर्ण सञ्चालनको बाटोमा गएको प्रतिक्रिया दिएका छन् ।

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत सुरु

२०७२ साल वैशाख १२ गतेको महाभुकम्पले नेपाल र चीन दुबैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्प सृजित कठिनाई पन्छाएर सिमित सुचारु भएको नाका २०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द रहेको थियो ।

चीनबाट सिमित सामान आयातका लागि खुल्ला रहेको नाकाबाट २०८० बैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामालगायतले पटक आवाज पनि उठाएका थिए ।

केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

अघिल्लो वर्ष मात्र नाका खोल्न माग राख्दै तातोपानि नाकामा नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामाको नेतृत्वमा सयौं स्थानियले प्रदर्शन समेत गरेका थिए । त्यस समयमा लामाले नाका सहज हुनुपर्ने माग राख्दै प्रदर्शनको सम्बोधन गरेका थिए ।

(भिडियो)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका