जोडिनुहोस
  • होमपेज
  • अख्तियारद्वारा लिखुपिके गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा लिखुपिके गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आज तत्कालीन प्रशासकीय अधिकृत भण्डारीसहित सोही गाउँपालिका वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत र तत्कालीन लेखापाल जीवन सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

वडा कार्यालयको भवन निर्माण गर्दा जग्गा खरिदमा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरुविरुद्ध तीन महिनादेखि तीन वर्षसम्म कैद र बिगोबमोजिम जरिवानाको माग गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका