जोडिनुहोस
  • होमपेज
  • सरकारसँग भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकद्वारा काठमाडौंमा प्रदर्शन

सरकारसँग भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकद्वारा काठमाडौंमा प्रदर्शन

सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउदै राहत शिक्षकहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । शिक्षक महासंघ र केहि संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसद्‍मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो । तर समझदारीमा राहत शिक्षकको मागलाई समावेश गर्न नमान्दा आफूहरू आन्दोलनलाई निरन्तरता दिने अवस्थामा पुगेको राहत शिक्षकहरूले बताएका छन् ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनवाई नरहेको उनीहको भनाइ छ । सरकारसँगको वार्ताका क्रममा आफ्ना माग र मुद्दाहरू अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरुलाई स्वीकार्य नभएको बताएका छन् ।

उनीहरूले वार्ताका क्रममा आफूहरुलाई गृहमन्त्रीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । त्यस्तै राहत शिक्षकहरूले आफ्ना मागहरू पुरा नभएसम्म विद्यालयहरू नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका