जोडिनुहोस
  • होमपेज
  • चिनियाँ ह्याकरद्वारा अमेरिकी विदेश मन्त्रालयका ६० हजार इमेल चोरेको आरोप

चिनियाँ ह्याकरद्वारा अमेरिकी विदेश मन्त्रालयका ६० हजार इमेल चोरेको आरोप

वाशिंगटन— चिनियाँ ह्याकरहरूले यस वर्षको मे महिनामा अमेरिकी विदेश मन्त्रालयका करिब ६० हजार इमेलहरू चोरी गरेको सीएनएनले एक सिनेट कर्मचारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

ह्याकरहरूले पूर्वी एसिया र प्रशान्तमा केन्द्रित नौ विदेश मन्त्रालयका अधिकारीहरूको अवर्गीकृत इमेल खाताहरू र युरोपेली मुद्दाहरूमा काम गर्ने अर्को अधिकारीको अवर्गीकृत इमेल खाताहरूमा ह्याक गरेको सीएनएनले मिसौरीका रिपब्लिकन सिनेटर एरिक स्मिटको कार्यालयका एक कर्मचारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

सीएनएनका अनुसार मन्त्रालयमामा लक्षित कुनै पनि फलो—अन ह्याकिङ प्रयासहरूको लागि उपयोग गरेको बताइएको छ ।

चिनियाँ सरकारी अधिकारीहरूले ह्याकिङको आरोपको जवाफ दिँदै अमेरिकी सरकारले चीनविरुद्ध साइबर आक्रमण गरेको आरोप लगाएका छन्।

चिनियाँ ह्याकरहरूले अमेरिकी डाटा चोरी गरेको यो पहिलो पटक भने होइन।

यसअघि जुलाई महिनामा पनि ह्याक भएको बताइएको थियो ।

अमेरिकी अधिकारी र माइक्रोसफ्टले मे महिनादेखि चिनियाँ ह्याकरहरूले कम्तीमा २५ संस्थाका इमेलहरू पहुँच गरेको खुलासा गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका