जोडिनुहोस
  • होमपेज
  • इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोबाट मर्नेहरूको सङ्ख्या २६ पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकाय बीएनपीबीले सोमबार बताएको छ । उद्धारकर्मीहरूले माटो र भग्नावशेषमा ११ जना बेपत्ता मानिसहरूको खोजी गरिरहेका छन् । विपद् न्यूनीकरण निकायका प्रवक्ता अब्दुल मुहारीले प्रकोपबाट कम्तिमा ३९ हजार मानिस प्रभावित भएको र एजेन्सीले स्थानीय अधिकारीहरूसँग मिलेर विपद् न्यूनीकरणलाई गति दिन र प्रभावितलाई सहायता वितरण गर्न काम गरिरहेको बताए।

गत बिहीबार भारी बर्सातसँगै आएको बाढी, पहिरो र डुबानका कारण हजारौं घर र सार्वजनिक क्षेत्रहरू डुबानमा परेका थिए । उक्त प्राकृतिक विपत्तिका कारण हजारौँ नागरिक विद्युतविहिन बनेका छन् भने प्रान्तीय प्रशासनले दुई हप्ताका लागि प्राकृतिक विपत्‌को चेतावनी जारी गरेको छ ।

‘प्यासिफिक रिंग अफ फायर’मा अवस्थित इन्डोनेसियामा बारम्बार शक्तिशाली आँधी आउने हुँदा आकस्मिक बाढी र पहिरो जाने गर्छ । उक्त क्षेत्र भूकम्प र ज्वालामुखी विस्फोटबाट पनि निरन्तर प्रभावित हुनेगर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका