जोडिनुहोस
  • होमपेज
  • ‘रिगल’ को कैद मिनाहाविरुद्ध अनशन शुरु गर्नुभएकी भारती अस्पताल भर्ना

‘रिगल’ को कैद मिनाहाविरुद्ध अनशन शुरु गर्नुभएकी भारती अस्पताल भर्ना

श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल ९रिगल० लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन शुरु गरेकी भारती मानन्धर अस्पताल भर्ना भएकी छिन् । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

भारती आज बुधवार सर्वोच्च अदालत परिसरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको हो । आममाफीविरुद्ध उहाँले दायर गर्नुभएको रिटको सर्वोच्चमा आज पहिलो पेसी थियो । तारिख लिएर फर्किने क्रममा उनी बेहोस भएकी हुन् ।

न्यायका लागि नेपालगञ्जबाट काठमाण्डौ आएकी भारतीले माइतीघरमा आजदेखि रिले अनशन शुरु गरेकी हुन् । अनशन शुरु गर्ने क्रममा उनले न्याय नपाएसम्म सङ्घर्ष कायम राख्ने बताइन् ।

रिगलविरुद्ध २०७२ असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका