जोडिनुहोस
  • होमपेज
  • बादल लागे पनि भूकम्प प्रभावित क्षेत्रमा वर्षाको सम्भावना छैनः विभाग

बादल लागे पनि भूकम्प प्रभावित क्षेत्रमा वर्षाको सम्भावना छैनः विभाग

काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना नरहेको जनाएको छ ।

आजदेखि दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिए । ‘हामीले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्छौं, अहिलेको अवस्था हेर्दा भूकम्प प्रभावित जिल्लामा दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना देखिएको छैन,’ उनले भने ।

राति बादल कम हुने र दिउँसोतिर बढ्ने भन्दै उनले रुकुम पश्चिम र जाजरकोटमा पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको बताए ।

मौसमविद झाका अनुसार उच्च पहाडी र हिमाली भेगमा भने फाट्टफुट्ट हिमपातको सम्भावना छ । ‘तर डिस्टर्ब नै हुने गरी हिमपात हुँदैन,’ उनले भने ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

मध्य र पूर्वी नेपालका केही जिल्लाहरुमा भने बदली र हल्का वर्षा भएको छ । पछिल्लो एक घण्टामा संखुवासभा, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, लम्जुङ र म्याग्दी तथा ती जिल्लाका आसपासमा हल्का वर्षा भएको मौसमविद झाले जानकारी दिए ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प जाँदा रुकुम पश्चिम र जाजरकोटमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका