जोडिनुहोस
  • होमपेज
  • चित्रबहादुर केसीले भने – प्रदेशबाट आएर भैंसेपाटीमा बास बस्नुपर्ने कठै बरा मुख्यमन्त्रीहरू

चित्रबहादुर केसीले भने – प्रदेशबाट आएर भैंसेपाटीमा बास बस्नुपर्ने कठै बरा मुख्यमन्त्रीहरू

काठमाडौं।राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले लाज नमानी संघीयता खारेजी गर्नुपर्ने दोहोर्‍याएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा उनले महंगो संघीयतालाई नेपालले धान्न नसक्ने स्पष्ट भएको उल्लेख गर्दै अब संघीयताको मुरली बजाउन छाड्नुपर्ने तर्क गरे ।

उनले भने, ‘एउटा प्रदेशको ६ वर्षसम्म न्वारन हुन्न, त्यसपछि बल्ल न्वारन हुन्छ । बाहुनले नाम किटानी गरिसकेपछि त्यो नाम भएन भनेर फेरि त्यहाँ उत्पात मचिन्छ । कतिचोटी त्यहाँ सरकार बने, कति भत्किरहेछन् । यो जात्रा देख्न र सुन्न नेपाली जनताले परेको छ । तै पनि मान्यहरुले संघीयताको मुरली बजाइरहन्छन् । संघीयताले गरेर खाएन अब ।’

उनले संघीयतामा अनावश्यक खर्च भएकोप्रति व्यङ्ग्य गर्दै थपे,‘देख्नुभएन, मुख्य मन्त्रीहरुलाई काठमाडौं भैंसेपाटीमा दरबार बनाउने हो रु उहाँहरु प्रदेशबाट यहाँ बास बस्नपर्ने कठैबरा १ अवस्था यही हो अब चल्छ संघीयता रु सक्नुहुन्छ तपाइँहरुले धान्न रु लाज नमानिकन प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ । नगर र गाउँपालिकालाई अधिकार दिऔं । हामीले जति घोक्रो फुलाय पनि नेपाली जनतालाई संघीयता मान्य छैन भनेर कोशीमै देखाइराखेका छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका