जोडिनुहोस
  • होमपेज
  • नयाँ नोट साट्ने सुविधा भोलिसम्म, कहाँ-कहाँबाट बाँडिदै छ ?

नयाँ नोट साट्ने सुविधा भोलिसम्म, कहाँ-कहाँबाट बाँडिदै छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा सर्वसाधारणले भोलि शुक्रबार सम्म पाउने भएका छन् ।

गत सोमबारदेखि राष्ट्रबैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । नयाँ नोट सटही सुविधा आगामी शुक्रवार अर्थात कार्तिक ३ गते सम्म रहने राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारण नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले पाइरहेका छन् ।

नयाँ नोटका लागि काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रबैक अन्तर्गतको मुद्रा ब्ववस्थापन विभाग, राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकेको शाखाबाट सटही भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्ने व्यवस्था मिलाईएको राष्ट्र बैंकले जनाएको छ ।

विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सिमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ । बैंकहरुले सटही गर्दा ५ को एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराइरहेका छन् । कतिपय बैंकहरुले भने गतबर्षको भन्दा राष्ट्रबैंकले साट्नका लागि यो वर्ष थोरै नयाँ नोट उपलब्ध गराएको जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका