जोडिनुहोस
  • होमपेज
  • नर्भिक हस्पिटलको ओपिडी सेवा शनिबार निःशुल्क

नर्भिक हस्पिटलको ओपिडी सेवा शनिबार निःशुल्क

नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले यही माघ २० गते शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । स्त्री रोग तथा निसन्तानसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै नर्भिक आईभीएफले एक दिनका लागि निशुल्क ओपिडीमार्फत सेवा दिन लागेको हो । नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपी सर्जन डा नुतन शर्मासहितको टोलीले बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्नेछ । डा शर्मासँग स्वास्थ्य जाँच वा परामर्श गर्न बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । निःशुल्क ओपिडी सेवा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालन हुनेछ भने एक सातासम्म फलोअप जाँच निशुल्क गरिएको नर्भिक हस्पिटलका सीईओ अजय कुमार मिश्राले जानकारी दिए । निःशुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा पनि नाम दर्ता गराउन सक्ने अस्पतालले जनाएको छ । नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधारण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिबार विभिन्न रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकद्वारा निस्शुल्क ओपिडी सेवा सञ्चालन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका