जोडिनुहोस
  • होमपेज
  • रास्वपाले मधेसमा गर्न लागेको बैठक स्थगित

रास्वपाले मधेसमा गर्न लागेको बैठक स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ । पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगति गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कात्तिक २२ र २३ गतेका लागि मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने निर्णय पार्टीले गरेको थियो । अर्को बैठकमा छठ पछि बस्ने रास्वपाले जनाएको छ । ‘धेरै नेताहरु प्रभावित स्थानमा खटिनु भएको छ । राहत, उद्धार र औषधी व्यवस्थापनका लागि पार्टीका नेता कार्यकर्ता लागिरहनुभएको छ, सहमहामन्त्री बुर्लाकोटीले भने । महोत्तरीमा बैठक गर्ने गरि पार्टीले तयारी गरिरहेका बेला जाजरकोट र पश्चिम रुकुममा भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि बैठक स्थगित गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका