जोडिनुहोस
  • होमपेज
  • शेयर बजार लगातार तेस्रो दिन बढ्यो

शेयर बजार लगातार तेस्रो दिन बढ्यो

शेयर बजार लगातार तेस्रो दिन आज बुधवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १७ अङ्कले बढेर एक हजार आठ सय ६३ दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको शेयर आठ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज कर्पोरेट विकास बैंकको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ ।

आज ३१ लाख ५७ हजार कित्ता शेयर ७८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका