जोडिनुहोस
  • होमपेज
  • सामाजिक न्यायका लागि शंखधरले खेलेको भूमिका अविस्मरणीयः प्रधानमन्त्री

सामाजिक न्यायका लागि शंखधरले खेलेको भूमिका अविस्मरणीयः प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर शाख्वाले खेलेको भूमिका अविस्मरणीय रहेका बताएका छन् ।

नेपाल संवत् ११४४ आरम्भमा शुभकामना दिँदै उनले नेपाल संवतका प्रवर्तक साख्वा प्रगतिशील र सामाजिक अभियन्ताका रूपमा रहेको बताए। जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता शाख्वाले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसालेको समेत उल्लेख गरेका छन् ।

आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै दाहालले यसले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्दि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका