जोडिनुहोस
  • होमपेज
  • कोशीको बजेट शून्यतामा गयो, कर्मचारीको तलबदेखि सबै कार्यक्रम प्रभावित

कोशीको बजेट शून्यतामा गयो, कर्मचारीको तलबदेखि सबै कार्यक्रम प्रभावित

काठमाडौं।कोशी प्रदेशको बजेट सोमबारदेखि शून्यतामा गएको छ । अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा बजेट शून्यतामा गएको हो ।

बजेट शून्यतामा गएकाले नेकपा एमालेले अदालत जाने तयारी गरेको छ । बजेट शून्यताले कर्मचारीको तलब भत्तादेखि निजी क्षेत्रसँगको साझेदारीमा चल्ने कार्यक्रमसमेत प्रभावित हुने छन् ।

एमाले नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट असार १४ गते प्रदेश सभामा टेबुल भएको थियो । सभामा टेबुल भएको बजेटलाई ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर प्रतिस्थापन गर्नु पर्ने थियो ।

यसैबीच प्रतिस्थापन विधेयक संसद्मा टेबुलसम्म हुन नसक्दा कोशी प्रदेशमा बजेट शून्यता सुरु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका