जोडिनुहोस
  • होमपेज
  • एकदिवसीय वरीयतामा विराट कोहली तेस्रो स्थानमा उक्लिए, बलिङतर्फ केशव महाराज शीर्ष स्थानमा

एकदिवसीय वरीयतामा विराट कोहली तेस्रो स्थानमा उक्लिए, बलिङतर्फ केशव महाराज शीर्ष स्थानमा

भारतका स्टार ब्याटर विराट कोहलीले आईसीसी एकदिवसीयको ब्याटिङ वरीयतामा एक स्थान सुधार गरेका छन् ।आईसीसीको पछिल्लो वरीयतामा कोहली चौथो स्थानबाट एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन् । भर्खरै सकिएको एकदिवसीय विश्वकप क्रिकेटमा ७ सय ६५ रन बनाउँदै कोहली प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।

एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा रहेका भारतकै ओपनर ब्याटर शुभमन गिल शीर्ष स्थानमै छन् । गिलको रेटिङ प्वाइन्ट ८२६ छ भने कोहलीको रेटिङ प्वाइन्ट ७९१ छ । योसँगै कोहली फेरि एक पटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा पुग्ने सम्भावना बलियो भएको आईसीसीले जनाएको छ ।

एकदिवसीय वरीयताको दोस्रो स्थानमा पाकिस्तानका बाबर आजम यथावत् छन् । भारतीय टिमका कप्तान एक स्थान सुधार गर्दै वरीयताको चौथो स्थानमा छन् । पाँचौँ स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक छन् ।

एकदिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज उक्लिएका छन् । भारतका मोहम्मद सिराजलाई पछि पार्दै महाराज शीर्ष स्थानमा पुगेको हुन् । एकदिवसीय बलिङ वरीयताको दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड, तेस्रो स्थानमा मोहम्मद सिराज, चौथो स्थानमा भारतका जसप्रीत बुमराह र पाँचौँ स्थानमा अस्ट्रेलियाका एडम जाम्पा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका