जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानद्वारा ४,०२,३१२ अवैध अफगान नागरिकलाई निष्काशन

पाकिस्तानद्वारा ४,०२,३१२ अवैध अफगान नागरिकलाई निष्काशन

इस्लामाबाद— अफगानहरू सहित कम्तिमा ४,०२,३१२ अवैध विदेशीहरूलाई हालसम्म पाकिस्तानबाट सम्मानजनक र सुरक्षित रूपमा आफ्नो देश फर्काइएको एआरवाई न्यूजले उल्लेख गरेको छ।

पाकिस्तानमा कागजपत्रविहीन विदेशी नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया जारी रहेको जानकारी दिएको छ ।

हजारौं अफगानीहरू दैनिक रूपमा चमन र तोर्खाम सीमाना हुँदै आफ्नो मातृभूमि फर्किरहेको रेडियो पाकिस्तानले उल्लेअ गरेको छ।

यसबाहेक, एआरवाई न्यूजका अनुसार, कामचलाउ पाकिस्तान सरकारले कागजातविहीन विदेशीहरूको अस्थायी आवास र देशबाट उनीहरूको सुरक्षित स्वदेश फिर्ताको लागि विभिन्न जिल्लाहरूमा ट्रान्जिट क्याम्पहरू निर्माण गरेको छ।

पाकिस्तानी सरकारले दैनिक १० हजार आप्रवासीलाई देश निकाला गर्ने लक्ष्य राखेको छ ।

हालसम्म १ लाख ३५ हजार अवैध आप्रवासी अफगानिस्तान फर्किसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका