जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार

राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार

काठमाडौं । सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ । सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्रमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार भई विद्युत् सेवा सञ्चालनमा आएको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।

हिमाको प्रशासनिक केन्द्रसम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन शुक्रबारदेखि सिञ्जाको नराकोट बजारसम्म विस्तार भएपछि स्थानीयलाई निकै राहत भएको छ । विद्युत्को अभावले काम गर्न कठिन हुने गरेको थियो । प्राधिकरणको जुम्ला वितरण केन्द्रले सिञ्जाको प्रशासनिक केन्द्रसम्म विद्युत् सेवा पुगेपछि गाउँपालिकामा अब काम गर्न सहज हुने उपाध्यक्ष सितली रोकायाको भनाइ छ ।

नराकोटमा रहेको ट्रान्सफर्मरमा बिजुली चार्ज गरी सेवा शुभारम्भ गरिएको छ । सिञ्जा क्षेत्रका ग्रामीण ठाउँसम्म प्रसारण लाइनको सेवा विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ । केही दिनपछि कनकासुन्दरी गाउँपालिका हुँदै मुगुसम्म प्रसारण लाइन पुर्‍याउने लक्ष्य रहेको प्राधिकरणका प्रमुख रावलले बताए ।

सिञ्जासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि इलाका प्रशासन कार्यालयलगायत गाउँपालिकाबाट हुने सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका