जोडिनुहोस
  • होमपेज
  • महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति

महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सभापति देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसायीक राजनीतिकका सम्बन्धमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको छ । कांग्रेस नेताहरुका अनुसार सभापति देउवा महासमिति बैठक सार्ने पक्षमा छन् । जाडोको कारण देखाएर महासमिति बैठक सार्ने जोडबलमा देउवा रहेको नेताहरुको दाबी छ । कांग्रेस विधान अनुसार कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था छ । सभापति देउवाले ३७ जनाको कार्यसम्पादन समिति बनाएका छन् । प्रत्येक महिना बस्नुपर्ने कार्यसम्पादन समितिको बैठक विधान अनुसार भने बस्न सकेको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका