जोडिनुहोस
  • होमपेज
  • मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा प्रहार

मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा प्रहार

दमक। झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको छ ।

दमक नगरपालिकाले सुरु गर्ने लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक आउने क्रममा आफूलाई पहिचानवादी बताउने समूहले कालोझण्डा देखाउँदै मुख्यमन्त्री कार्की सवार भएको कार रोक्ने प्रयास गरेका थिए ।

अगाडि र पछाडि प्रहरीको भ्यानसहित बीचमा आइरहेको मुख्यमन्त्री कार्कीको सवारी कार्यक्रमस्थलमा मोड्ने क्रममा गति कम भएको मौका छोपेर एउटा हुलले मुख्यमन्त्रीको सवारीमा मुक्का तथा पञ्जाले हानेको थियो । पहिचानवादी बताउने समूह बिहानैदेखि कालोझण्डा लिएर दमक चोकमा बसेको थियो ।

मुख्यमन्त्रीको सवारी साधनमा सामान्य क्षति भए पनि मुख्यमन्त्री कार्की तथा गाडीमा सवार कसैलाई पनि क्षति नपुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मीका अनुसार मुख्यमन्त्रीको सवारीमा आक्रमण गर्नेहरुको पहिचान र खोजी कार्य सुरु भएको छ ।

प्रहरीले बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन गरे पनि अप्रत्याशित रुपमा केही व्याक्ति आएर एकाएक मुख्यमन्त्रीको सवारी रोक्ने र ढुङ्गा हान्ने काम भएको रेग्मीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका