जोडिनुहोस
  • होमपेज
  • नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण सुरु

नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण सुरु

मुलकोट, सिन्धुली । रोटरी डिस्ट्रीक ३२९२, नेपाल-भुटानमा आवद्ध नेपालभरका प्रशिक्षकहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपालका रोटरी क्लवमा आवद्ध प्रशिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजाना गरिएको रोटरी डिस्ट्रीक ३२९२ को प्रशिक्षण समितीका सह-अध्यक्ष बिष्णु हरी दाहालले बताए ।

शुक्रबार र शनिवार चल्ने कार्यक्रमका जयन्द्र रिमाल, लक्ष्मण ज्ञवाली, सन्जय गिरी, दिलेन्द्र राज श्रेष्ठ, जितेन्द्र बहादुर राजभण्डारी र सन्तोस रिजालले प्रशिक्षण दिनेछन् । कार्यक्रमको प्यानलिस्ट राजेन्द्र प्रसाद ध्वजू, राजेन्द्र मान शेरचन र बिनोद कोइराला रहेका छन् । प्रशिक्षण कार्यक्रममा विभिन्न क्लबका ७५ जना सहभागी छन् ।

कार्यक्रममा बिष्णु हरि दाहाल, असोकमान कपाली र अशोक प्याकुरेलले कार्यक्रमको सहजीकरण गरेका छन् । स्वर्थ भन्दा माथी सेवा भन्ने भावकासाथ सामाजिक सेवामा कार्यरत रोटरी अभियान नेपालमा सन् १९५९ मा सुरु भएको हो । हाल रोटरी डिस्ट्रीक ३२९२मा १५४ क्लबमा ५५४२ जना सदस्य आवद्ध छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका