जोडिनुहोस
  • होमपेज
  • प्रजातन्त्र दिवसमा टेलिकमको आकर्षक अफर

प्रजातन्त्र दिवसमा टेलिकमको आकर्षक अफर

नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहिदहरुको सम्मानार्थ सहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न अफर उपलब्ध गराएको छ । सो अफर आइतबार देखि प्रारम्भ भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ ।

कम्पनीकाअनुसार साविक बमोजमको फ्रि रिसोर्सेस अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड सहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ । त्यसैगरी एफटीटीएच अन्तर्गत वार्षिक ५० एमबीपीएसको वान टाइम प्याकेज र कम्बो वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध गराएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आगामी फागुन १२ गतेसम्म मोबाइलबाट ८१४१५८११३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका