जोडिनुहोस
  • होमपेज
  • ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ माघ ५ देखि, अष्ट्रेलियाका २५ बढी युनिभर्सिटीका प्रतिनिधि आउने

‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ माघ ५ देखि, अष्ट्रेलियाका २५ बढी युनिभर्सिटीका प्रतिनिधि आउने

काठमाडौं । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन हुने भएको छ ।

अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले शुक्रबार, माघ ५ गते, फेयर सञ्चालन गर्न लागेको हो ।

काठमाडौंको डिल्लीबजार स्थित आफ्नै कार्यालयमा ग्लोबल रिचले फेयर सञ्चालन गर्न लागेको जानकारी दिएको छ । फेयरमा एकैछाना मूनी अष्ट्रेलियाका २५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिहरूसँग अन्तर्क्रिया गर्नेछन् । कार्यक्रममार्फत विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ ।

कार्यक्रममा सहभागी भएमा अष्ट्रेलियामा लागु भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी पाइनेछ । साथै उच्च शिक्षा अध्ययनपश्चात कस्ता कस्ता कामका लागि अवसर आउँछन् भन्नेबारे समेत जानकारी पाउनेछन् । कार्यक्रममा सहभागीताका लागि कुनै पनि शुल्क लाग्दैन । ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयरमा विश्व स्तरका विश्वविद्यालयहरू जस्तै न्यू साउथ वेल्स युनिभर्सिटी, सिड्नी, युनिभर्सिटी अफ क्वीन्सल्याण्ड, युनिभर्सिटी अफ सिड्नी , युनिभर्सिटी अफ एडिलेड का प्रतिनिधिहरू सहभागी हुनेछन् ।

काठमाडौंमा मात्र नभएर ग्लोबल रिचले चितवन, बुटवल र पोखरामा समेत एजुकेसन फेयर सञ्चालन गर्दैछ । काठमाडौंमा माघ पाँच गते फेयर सञ्चालन गर्न लागेको ग्लोबल रिचले चितवनमा शनिबार, माघ ६ गते १० बजेदेखि ३ बजेसम्म फेयर सञ्चालन गर्नेछ । जसमा १४ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ ।

यस्तै बुटवलमा आइतबार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म फेयर सञ्चालन हुनेछ । जसमा ९ वटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने कम्पनीले जनाएको छ ।

ग्लोबल रिचको पोखरा शाखाको कार्यक्रम सोमबार, माघ ८ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुनेछ । जसमा ११ वटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

विद्यार्थीहरूले अष्ट्रेलियामा आफूले अध्ययन गर्ने विषय, विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययनपछि सिर्जना हुने रोजगारीका अवसर लगायत विविध विषयमा अन्तक्रिर्याबाट प्रस्ट हुन सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका