जोडिनुहोस
  • होमपेज
  • बाबुराम भट्टराईले भने– खुलामञ्चलाई खुलै रहन दिउँ

बाबुराम भट्टराईले भने– खुलामञ्चलाई खुलै रहन दिउँ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले खुलामञ्चलाई खुलै रहन दिन आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउने तयारी गरेपछि सर्वत्र विरोध भइरहेका बेला बाबुरामले आफ्नो विचार प्रकट गरेका हुन् ।

उनले खुलामञ्चमा २०३६ सालमा आफूले पहिलोपटक गणतन्त्रको पक्षमा बोलेको स्मरण गर्दै हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत नभएको टिप्पणी गरेका छन् ।

‘खुलामञ्चलाई खुलै रहन दिऊॅ। यो पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो । मलाई जीवनमा पहिलोपटक २०३६ सालमा यसै मन्चमा हृषिकेश शाहलगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अऱ्झै सम्झना हुन्छ ।

बरू खुलामञ्चलाई अझै व्यवस्थित गरेर आम जनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाऊॅ । जीवन्त लोकतन्त्रमा संसद मात्र हैन, सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुलौ।

हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत हैन,’ उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका