जोडिनुहोस
  • होमपेज
  • पठाओ र इनड्राइभ अफलाइनमा चलाउने ८३ जना पक्राउ

पठाओ र इनड्राइभ अफलाइनमा चलाउने ८३ जना पक्राउ

अफलाइनमा राइड सेयरिङ कारोबार गरेको आरोपमा प्रहरीले ८३ जना मोटरसाइकल चालकलाई पक्राउ गरेको छ । पठाओ र इन्ड्राइभ सेवाका नाममा काठमाडौंको विभिन्न ठाउँबाट अनधिकृत रुपमा सर्वसाधारण ओसारपसार गर्ने ८३ जनालाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

विगतमा केही आपराधिक घटनाहरुमा यस्ता सवारी साधनको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिमा पनि अफलाइन राइड सेयर जोखिमपूर्ण रहेको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए । उनले सर्वसाधारणलाई पनि अफलाइनमा राइड सेयर नगर्न आग्रह गरेका छन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका